हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्‍या‍औँ « Khabarhub

हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्‍या‍औँ


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटो भन्दा छिटो विद्युतको पहुँच पुराउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । 

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसँग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरूसँग समन्वय गर्दै विद्युत्को तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिन भित्र गरिसक्न निर्देशन दिएका हुन् ।

सिँचाइका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उनले प्रक्रियामा विषयमा नअल्झीकन छिटो सेवा दिन समेत निर्देश गरे । 

शाक्यले प्राधिकरण सेवामूलक साथै व्यवसायीक संस्था भएकाले विद्युत् बिक्रीबाट संस्था सञ्चालन हुने स्पष्ट पारे । प्राधिकरण सरकारको अनुदानबाट नचल्ने भएकाले सेवा सुविधा बढाउनका लागि दबाब दिनु उचित नभएको उनको भनाइ छ । 

शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सबैलाई बुझाउन जरुरी रहेको बताए । 

सेवा भनेर निःशुल्क विद्युत् बाँड्न नसकिने उनले स्पष्ट पारे । उनले सिँचाई र खानेपानीका लागि सस्तोमा विद्युत्को उपलब्ध गराउने प्रतिबद्धता जनाए ।  

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ४५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष