सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना « Khabarhub

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

 धनगढी– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । कैलालीको लम्कीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि प्रदेश राजधानी धनगढीबाट चिसापानी जाने क्रममा मन्त्री सवार गाडीहरू लम्कीमा एक–आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ झ ३३० र बा२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । सार्की से १ झ ३३० मा र पाल बा २ झ १४१९ नम्बरको गाडीमा सवार थिए । दुबै गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कैलालीको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्‌घाटन गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम गएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : ४१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह