चिनियाँ हस्तक्षेप बढ्यो : न्यूजिल्याण्डको गुप्तचर सेवा « Khabarhub

चिनियाँ हस्तक्षेप बढ्यो : न्यूजिल्याण्डको गुप्तचर सेवा


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक न्यूजिल्याण्डमा चिनियाँ हस्तक्षेप बढिरहेको त्यहाँको गुप्तचर निकायले जनाएको छ । न्यूजिल्याण्डको सुरक्षा गुप्तचर सेवाले मुलुकमा सबैभन्दा ठूलो विदेशी हस्तक्षेप चीनबाट भइरहेको जनाएको हो ।

वार्षिक जोखिम मूल्याङ्कन प्रतिवेदनमा पछिल्लो समय मुलुकले सबैभन्दा चुनौतीपूर्ण सुरक्षा अवस्थाको सामना गरिरहेको उल्लेख गरिएको छ । खासगरी राज्यहरुको अस्थीर सम्बन्धका कारण बढ्दो ध्रुवीकरण र असन्तोषका कारण यस्तो भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यीमध्ये चीनले सबैभन्दा सक्रिय रुपमा वैदेशिक हस्तक्षेप गरिरहेको प्रतिवेदनमा उल्लेख रहेको च्यानल न्यूज एशियाले जनाएको छ । चीनले भने न्यूजिल्याण्डको गुप्तचर सेवाको यस आरोपको खण्डन गरेको छ ।

राजधानी वेलिङ्टनमा रहेको चिनियाँ राजदूतावासले गुप्तचर सेवाले दुई देशबीचको सम्बन्धलाई विषक्त बनाउन खोजेको र आशङ्का पैदा गरेको आरोप लगाएको छ । राजदूतावासले न्यूजिल्याण्डलाई सदैव चीनले मित्र र साझेदारका रुपमा व्यवहार गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ७ : ५० बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले