श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी « Khabarhub

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको श्रीलङ्काको नेसनल डेन्जरस ड्रग्स कन्ट्रोल बोर्ड एनडीडिसिबीले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे एनडीडिसिबीले जनाएको छ ।

एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका बालबालिकाहरू दुर्व्यसनीको विशेष जोखिममा रहेको बताएको छ । गम्पाहा, कुरुनेगला, अनुराधापुरा, गाले, रत्नपुरा र कालुतारासहित क्यान्डी जिल्लाका केही भागहरू पनि उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान भएको विज्ञप्तिमा उल्लेख छ ।

साथीहरूको सङ्गतलाई विद्यार्थीहरूमा लागु औषध प्रयोगको प्रमुख कारणकको रूपमा उद्धृत गरिएको छ । यसै गरी लागु औषध रोकथाम नीतिहरूको कमजोर कार्यान्वयन तनावपूर्ण पारिवारिक वातावरण, उपेक्षा, गरिबी, कुपोषण र समुदायहरूमा लागूऔषधको सहज उपलब्धताले लगायतका कारणले दुव्यसनस् बढेको एनडीडिसिबीले जनाएको छ ।

यस प्रवृत्तिलाई नियन्त्रण गर्न, एनडीडिसिबीले वातावरणीय तथा मिडिया अभियानहरूसँगै विद्यालय, युवा, परिवार, कार्यस्थल र समुदायमा आधारित पहलहरूसहितका कार्यक्रमहरू सुरु गरिरहेको बताएको छ ।

परामर्श सेवाहरू विस्तार गरी मध्यम र उच्च जोखिम भएका बच्चाहरूलाई विद्यालय वा व्यावसायिक शिक्षामा फर्कनुअघि एनडीडिसिबीको युवा उपचार केन्द्रमा उपचारका लागि पठाउने व्यवस्था गरेको जनाइको छ ।

यसैबीच, प्रहरीले स्थानीय मिडियालाई बताए अनुसार यस वर्ष जनवरी १ देखि अगस्ट ३१ को बीचमा २०६ बच्चाहरूलाई लागूऔषधसँग सम्बन्धित अपराधका लागि हिरासतमा लिइएको थियो । लागूऔषधको दुरुपयोग विरुद्ध लड्न विद्यालयहरूमा १५ हजार ६०० भन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : ३३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष