पाकिस्तानको बलोचिस्तानमा दुई जना पक्राउ, जबरजस्ती बेपत्ता पारिएको परिवारको आशङ्का « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा दुई जना पक्राउ, जबरजस्ती बेपत्ता पारिएको परिवारको आशङ्का


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको सुरक्षाबलले बलोचिस्तानमा दुई जनालाई नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मीले बलोचिस्तानको कोलवाह र खरान जिल्लाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

द बलोचिस्तान पोस्टका अनुसार सुरक्षाकर्मीले कोलवाह जिल्लाको अशल क्षेत्रबाट रियाजी नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनलाई फ्रन्टियर कोरका सैनिकले नियन्त्रणमा लिएको जनाइएको छ । उनको अवस्था अझै अज्ञात छ ।

त्यसैगरी, खरानबाट प्रतिआतंकवाद विभाग र गुप्तचर निकायले लेभी नामक अर्धसैनिक बलका एक सदस्यलाई पनि नियन्त्रणमा लिएको छ । हाजी मोहम्मद हुसैन कुबदानीका छोरा बशिर अहमद कुबदानीका रुपमा उनको पहिचान गरिएको छ ।

उनको अवस्था पनि अज्ञात छ । घटनापछि बशिर अहमदका परिवारले उनलाई नियन्त्रणमा लिइनुको कारणबारे आफूहरुलाई केही जानकारी नभएको जनाएका छन् ।

उनलाई जबरजस्ती बेपत्ता पारिएको हुनसक्ने आशङ्का गरिएको छ । यसबारे अधिकारीहरुले कुनै औपचारिक जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ४२ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ