चीनद्वारा ताइवान पुनर्स्थापना स्मारक दिवसको घोषणा « Khabarhub

चीनद्वारा ताइवान पुनर्स्थापना स्मारक दिवसको घोषणा


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले ताइवान पुनर्स्थापना स्मारक दिवसको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय कंग्रेसको स्थायी समितिले अक्टोबर २५ का दिनलाई ताइवान पुनस्र्थापना दिवस घोषणा गरेको हो ।

यही दिन सन् १९४५ मा जापानले तत्कालीन उपनिवेशलाई तत्कालीन गणतन्त्र चीनलाई हस्तान्तरण गरेको थियो । गणतन्त्र चीनमा कुओमिङतान पार्टीको शासन रहेको थियो ।

पछि सन् १९४९ मा गृहयुद्धमा पराजित भएपछि यो पार्टी भागेर ताइवान पुगेको थियो । गृहयुद्धमा विजयी हासिल गरेपछि चीनमा कम्युनिष्ट पार्टीले जनगणतन्त्र स्थापना गरेको थियो ।

ताइवान पुनस्र्थापना दिवस मनाउने घोषणाले ताइवानमा आफ्नो दाबीलाई अझ बल पुर्‍याउने चिनियाँ अधिकारीको विश्वास छ । ताइवानमा अक्टोबर २५ लाई पहिलेदेखि नै राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ ।

चीनले लामो समयदेखि स्वतनत्र ताइवानको अस्तित्व नहुने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ५८ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ