गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटना रोक्न पाकिस्तानलाई भारतको आग्रह « Khabarhub

गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटना रोक्न पाकिस्तानलाई भारतको आग्रह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाकिस्तानलाई गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटना रोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि पर्वथेनेनी हरिशले पाकिस्तानलाई मानव अधिकार उल्लङ्घनका घटना रोक्न आग्रह गरेका हुन् ।

‘हामी पाकिस्तानलाई गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर र हाल चलिरहेका मानव अधिकार उल्लङ्घन रोक्न आग्रह गर्दछौँ ।’ उनले भने । उनले ती क्षेत्रमा जनताहरु पाकिस्तानको फौजी कब्जा, दमन, उत्पीडन र स्रोतको गैरकानुनी शोषणविरुद्ध खुला विद्रोहमा उत्रिएको पनि उल्लेख गरे ।

उनले जम्मु र कश्मीर जहिलेपनि भारतको अभिन्न र अखण्ड हिस्सा रहेको भन्दै उनले पाकिस्तानमा मानिसहरुले आधारभूत अधिकारको उपभोग गर्ने अवधारणा अनौठो रहेको बताए । उनले भारत वसुधैव कुटुम्बमको नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ०७ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ