मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ? « Khabarhub

मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ?

कुलमान अलग हुनु हाम्रो लागि दुःखद् हो : सुधन गुरुङ


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र साह एक भएर कुलमान घिसिङ अलग हुनु दुःखद् भएको बताएका छन् ।

मध्यरातमा यो अवसर नभएर गम्भीर परिस्थिति भन्दै उनले प्रमुख शक्ति एकजुट हुने अपेक्षा गर्दै यस्तो बताएका हुन् । उनले कसैलाई पनि कुनै पक्ष लिन बाध्य पार्नु नहुने भन्दै निर्णायक घडीमा कुलमान अलग देखिनु दुःखद् भएको बताएका हुन् । उनले कुलमानलाई अलग राखिएको कि रहन खोजेको भन्दै प्रश्नसमेत गरेका छन् । उनले आजको आवश्यकता सबै एकठाउँ उभिनुपर्छ भन्ने रहेको प्रष्ट बताएका छन् ।

‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ । कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन’, उनले मध्यरातमा फेसबुकमा लेखेका छन्, ‘तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला ! तर आजको समयले तपाईंहरुलाई सँगै उभिने म्याण्डेट दिएको छ।’

देशलाई एकता आवश्यक भएको भन्दै बालेन, रवि र कुलमानलाई सुधनको एउटै प्रश्न गरेका छन् । उनले एकताका नाममा कुलमानलाई अलग राखेर भ्रम छरेको भए जेनजीले हेरिरहेको भन्दै चेतावनीसमेत दिएका छन् । गर्दै भनेका छन्, ‘के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो ? जेनजीले हेरिरहेको छ ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ०६ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख