युवाहरूको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : प्रचण्ड « Khabarhub

युवाहरूको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : प्रचण्ड


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रूपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए।

भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।’

उनले सम्पुर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत क्रियाकलापविरूद्ध उत्रिन आह्वान गरे। 

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : ५३ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको