सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा दिल्लीविरुद्ध कलकताको जित « Khabarhub

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा दिल्लीविरुद्ध कलकताको जित


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले १४ रनको जित निकालेको छ। सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कलकताले दिल्ली क्यापिटललाई १४ रनले हराएको हो।

कलकताले दिएको २०५ रनका लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो।

६.३ ओभरमा दिल्लीले तीन विकेट गुमाउँदै ६० रन जोडेको समयमा कलकता बलियो देखिएको थियो। त्यसको लगत्तै कप्तान अक्षर पटेल र फाफ डु प्लेसिसको शानदार ब्याटिङले दिल्ली जित नजिक पुगेको थियो।

१४ औँ ओभरको दोस्रो बलमा नारायणले पटेललाई आउट गरेपछि खेल कलकताको पक्षमा मोडिएको हो। पटेलले २३ बलमा ४३ रन प्रहार गरे। उनले डु प्लेसिससँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे।

त्यस अघि २.१ ओभर बलिङ गर्दा नारायणले कुनै विकेट नलिई २५ रन खर्चिएका थिए। वरुण चक्रवर्तीले पनि तीन ओभरमा ३१ रन खर्चेर कुनै विकेट लिएका थिएनन्। कलकताको मुख्य हतियार नै निस्तेज भएपछि हारको नजिक पुगेको थियो। त्यसपछि बाँकी रहेको १७ बलामा यो जोडीले १२ रन दिएर ५ विकेट लिएको हो। त्यो नै जितको कारण समेत बन्यो। डु प्लेसिसले ४५ बलमा ६२ रन प्रहार गरे।

दिल्लीका लागि विपराज निगमले १९ बलमा ३८ रन प्रहार गरे। कलकताका नारायणले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए। चक्रवर्तीले चार ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए। अङ्कुल रोयले चार ओभरमा २७ रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले ९ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। विष्फोटक सुरुवात गरेको कलकताले तीन ओभरमा एक विकेट गुमाउँदै ४८ रन जोडेको थियो। रहमुल्ला गुरवाजले १२ बलमा २६ रन जोड्दा नारायणले १६ बलमा २७ रन जोडेका थिए। यसैगरी कप्तान अजान्का रहानेले १४ बलमा २६ रन जोडे। यी तीन ब्याट्सम्यान आउट भएपछि कलकताले रन जोड्ने क्रम फेरिएको थियो। अंगरिस रघुवंशीले ३२ बलमा ४४ तथा रिकु सिंहले २५ बलमा ३६ र जोडे।

दिल्लीका मिचेल स्टार्कले चार ओभरमा ४३ रन खर्चेर तीन तथा विपराज निगमले चार ओभरमा ४१ रन खर्चेर दुई विकेट लिए। दिल्लीका लागि सबै भन्दा प्रभावकारी बल पटेल भए। उनले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए।

अन्तिम ओभरमा कलकताले लगातार तीन विकेट गुमाएको थियो। मिचेल स्टार्कले अङ्कुल रोय र रोभमन पावेललाई आउट गरेपछि अर्को बलमा आन्द्रे रसेल रन आउट भए। यस अघि उनले ९ बलमा १७ रन जोडेका थिए।

१० खेलमा १२ अङ्क भएको दिल्ली चौथो स्थानमा छ भने कलकता ९ अङ्क सहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : १९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका