ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।

पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउने छन् ।

७० देखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताइन् ।

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ३४ बजे

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

ताप्लेजुङ – तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि

क्यानाडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदा अमेरिका र इजरायल क्रुद्ध

काठमाडौं– इजरायलमाथि दबाब बढाउन फ्रान्स र बेलायतपछि क्यानाडाले पनि प्यालेस्टाइनलाई

प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान सुरु

काठमाडौं– नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन 

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त