घरखर्च चलाउने आम्दानी बन्दै निहुरो | Khabarhub Khabarhub

घरखर्च चलाउने आम्दानी बन्दै निहुरो


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

 म्याग्दी– म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ ।

केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए । 

‘बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्’, उनले भने, ‘गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पुर्‍याउँछन् ।’ दोवामा निहुरोबाट वार्षिक २५ देखि ३० लाख नगद  भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताए। 

दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताए ।

 ‘कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौँ ।’

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् । बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताए। 

‘बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य १०० देखि १२० सम्म पर्छ’, उनले भने, ‘गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो । यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरोे आएको छ । माग धान्न सकिएको छैन ।’

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रुपमा उम्रन्छ । निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ । 

मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ । यो एक जैविक तरकारी समेत हो । निहुरो टुसा पलाएको चार-पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ । निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताए। 

स्वास्थ्यकर्मीहरुका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ । 

यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ । 
 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : २२ बजे

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

सङ्खुवासभा– संखुवासभामा डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै ‘पानी जम्न नदिऔँ, लामखुट्टेको

नबिल बैंकले पायो युरो मनी अवार्ड

काठमाडौं – नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स,

सुनको मूल्य तोलामै १३ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले संस्थापक शेयरधनीका

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिट निर्माण तथा