विश्वकप लिग–२ : रोहितको शतकमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य « Khabarhub

विश्वकप लिग–२ : रोहितको शतकमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएईमा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य दिएको छ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको शतकीय योगदानसहित ५० ओभरमा १० विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

नेपालको गतिलो सुरुवात नगरे पनि रोहितले सम्हाले । २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए । उता भीम सार्की ३ रनमै फर्किए । आशिफ शेख पनि ३५ रनमा आउट भए । नेपालले ६१ रनमै तीन विकेट गुमाएर दबाबमा परेको थियो ।

कप्तान रोहित पौडेल र आरिफ शेखले चौथो विकेटका लागि ७० रनको साझेदारी गरे । आरिफ २७ रनमा आउट हुँदा नेपालको स्कोर १३१ रन पुग्यो ।

उप–कप्तान दीपेन्द्र सिंह ऐरी र कप्तान पौडेलले पाँचौँ विकेटका लागि ५४ रन बनाए। ऐरी २३ रनमा रन आउट हुँदा रोहित टिकिरहे । उता गुलशन झा शून्यमै आउट भए ।

क्रिजमा टिकेका कप्तान रोहितले १ सय २६ बलमा ५ चौका र १ छक्कासहित साढे तीन वर्षमा दोस्रो शतक बनाए। उनले वान डेमा दोस्रो शतक हाने । उनले पहिलो शतक सन् २०२२ मा पपुआ न्यू गिनीविरुद्ध कीर्तिपुरमा बनाएका थिए ।

रोहितले १०९ रन बनाउँदा सोमपाल कामी ६ रनमा सीमित भए करण केसीले १३ रन बनाए। नेपालले अन्तिम पाँच ओभरमा ३९ रन मात्रै बनाउँदा स्कोरले २५० छुन सकेन ।

यूएईका लागि जाहिद अलिले ६ ओभरमा ४१ रन दिएर ४ विकेट झारे। जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट झारे ।

पहिलो खेलमा नेपाल अमेरिकासँग १०७ रनले हारेको थियो । नेपाल यस प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ३ : ३४ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन