अशेष घिमिरेको आक्रोश : जनतासँग दलहरू टाढिँदा जेन–जी आन्दोलन विस्फोट भयो, असफल नेताले बिदा लिऊन् « Khabarhub

अशेष घिमिरेको आक्रोश : जनतासँग दलहरू टाढिँदा जेन–जी आन्दोलन विस्फोट भयो, असफल नेताले बिदा लिऊन्


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य अशेष घिमिरेले राजनीतिक दलहरू जनताबाट टाढिँदै जाँदा जेन–जी आन्दोलनको विस्फोट भएको बताएका छन्।

काठमाडौंमा बिहीबार जारी पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र नेताहरूको असफलताका कारण समाज असन्तुष्ट र विद्रोही बनेको टिप्पणी गरे।

उनले जेन–जी आन्दोलन कुनै आकस्मिक घटना नभई जनता, वर्ग र पार्टीबीचको सन्तुलन खलबलिएको परिणाम हो भनेका छन्। उनले भने, ‘वर्गसंघर्षको आक्रोश साम्राज्यवादी र भूराजनीतिक शक्तिले प्रयोग गरे, तर क्रान्तिकारी शक्तिले त्यसलाई संगठित गर्न सकेन ।’

घिमिरेले वाम दलहरू क्रान्तिको तयारी गर्न असफल भएको आरोप पनि लगाए। ‘सडकमा गरिब, श्रमजीवी, बेरोजगार र पिछडिएका वर्ग उठे, तर तिनलाई साथ लिएर क्रान्तिको माहोल बनाउन वाम दल असफल भए,’ उनले भने, ‘क्रान्तिको तयारी हामीले गर्ने तर सडकमा अरूले आन्दोलन गरेर ओलीलाई सत्ताच्युत गर्ने? त्यसको जिम्मेवारी कसले लिने?’

उनले वर्तमान वाम नेतृत्वको असफलताले पार्टी र जनताबीचको दूरी बढाएको दाबी गरे। ‘अब नेताहरूको सुरक्षासम्म जनताले होइन, सेनाले गर्नुपर्ने अवस्था आएको छ। यो वाम नेतृत्वको असफलता हो,’ उनले भने।

घिमिरेले असफल नेताहरूले जवाफदेहीता लिनुपर्ने र नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने सुझाव दिए। ‘पुँजीवादले जस्तै असफलताको जिम्मा नलिने कम्युनिस्ट नेताहरू पनि त्यस्तै हुने हो र ? असफलताको जिम्मेवारी लिएर पचास वर्षदेखि नेतृत्वमा रहेका साथीहरूले कार्यकारी भूमिकाबाट विदा लिनुपर्छ,’ उनले भने।

चिनियाँ नेता माओको उदाहरण दिँदै उनले पुराना नेतालाई पछि हट्न सुझाए । ‘माओले पनि कहिलेकाहीँ पछि हटेर आन्दोलनलाई नयाँ शिराबाट उठाएका थिए’, उनले भने, ‘त्यस्तै जवाफदेहीताको उच्चतम् उदाहरण हामी कम्युनिस्टहरूले देखाऔं र वाम आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाऔं।’

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ३७ बजे

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)