त्रिदेशीय महिला टी-२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार « Khabarhub

त्रिदेशीय महिला टी-२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ। टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन्।

अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ३१ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको