हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा हडताल घोषणा | Khabarhub Khabarhub

हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा हडताल घोषणा


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशमा हिंसात्मक आन्दोलनपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग बङ्गलादेशको राजनीतिमा फेरि सक्रिय हुन थालेको छ । 

अवामी लिगले युनुसु सरकारविरुद्ध निरन्तर आन्दोलनको घोषणा गरेको छ । जुन फ्रेबुअरी १ वाट सुरू हुनेछ । 

बङ्गलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलन पछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ । युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरु विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आए पछि सो पार्टी आन्दोलनमा उत्रिएको हो । 

हालै अन्तरिम सरकारका एक सल्लाहकारले अवामी लिगलाई चुनाव लड्न नदिने बताएका थिए भने भारतमा रहेकी शेख हसिनाले आफ्ना समर्थकहरूलाई भर्चुअल माध्यमबाट निरन्तर सम्बोधन गर्दै चुनाव लड्ने नदिने योजनाको विरोध गरिरहेकी छिन् । 

अवामी लिगले मोहम्मद युनुस नेतृत्वको सरकारलाई सिधै चुनौती दिने भए पछि स्थितिमा बदलाव आउन सक्ने जनाइएको छ । अवामी लिगले बङ्गलादेशमा बन्दको आह्वान गरेको छ । उसको कार्यक्रम फेब्रुअरी महिनाभर चल्नेछ। युनुस सरकारको राजीनामाको माग गर्दै फेब्रुअरी १८ मा बंगलादेशभर हडतालको आह्वान गरिएको जनाइएको छ । 

पहिलो आलोको रिपोर्ट अनुसार अवामी लिगले फेब्रुअरी १ ​​देखि बङ्गलादेशको राजनीतिमा सक्रिय रूपमा पुनः प्रवेश खोजिरहेको छ । फ्रेबुअरी १ गतेदेखि कार्यक्रमको पर्चा वितरण गरिने छ भने फ्रेबुअरी ६, १० र १६ मा पनि निरन्तरता पाउनेछ ।

तर, युनुस सरकारले यसप्रति कडा प्रतिक्रिया दिएको छ । प्रेस सचिव शफिकुल आलमले अवामी लिगको झण्डा बोकेर गैरकानूनी रूपमा विरोध गर्ने जोसुकैले कानुनको सामना गर्नुपर्ने बताएका छन । 

सुरूमा उनले भनेका थिए, ‘बङ्गलादेशमा अब अशान्ति र हिंसा गर्ने मौका दिइने छैन।’ तर, अवामी लिगलाई दिइएको यो चेतावनीको गलत अर्थ लागे पछि सच्चाउँदै शफिकुल आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारले पदभार ग्रहण गरेदेखि नै कुनै पनि वैधानिक आन्दोलनलाई रोकेको छैन । हामी भेला र संघको स्वतन्त्रतामा विश्वास गर्छौं।’

हसिना सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएलगत्तै अवामी लिगको विद्यार्थी संगठन, छाल लिगमाथि प्रतिबन्ध लगाइएको थियो । तर, अवामी लिगलाई भने अहिलेसम्म प्रतिबन्ध लगाइ सकिएको छैन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ५२ बजे

संविधान संशोधन विधेयक ल्याउने काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बहस र छलफलको निष्कर्षबाट साझा

ओलीको दाबी- अध्यादेशमार्फत कानून संशोधन गर्दा देशले अभूतपूर्व सुधारको थालनी गर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत कानून संशोधन गरिएपछि सुशासन

सरकार ढल्छ भन्नेलाई ओलीको जवाफ- राजनीति मञ्चमा ‘ढलेँ-ढलेँ’ गीत गाएको सुहाएन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो

अध्यादेशबारे यस्ता छन्‌ ओलीका सात ‘सफाइ’

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

‘पार्टी फुटाउने र भत्काउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मेन्युमा कुनै पनि