कांग्रेस संसदीय दल- माघ २४ को बैठकमा देउवाले जवाफ दिने « Khabarhub

कांग्रेस संसदीय दल- माघ २४ को बैठकमा देउवाले जवाफ दिने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बसेको बैठकमा बोल्ने क्रम जारी रहेपछि माघ २४ गतेका लागि अर्को बैठक बोलाइएको हो ।

‘आज सक्ने गरेर हामीले बोलाएका थियौँ । तर, बोल्ने वक्ता बाँकी भएर बैठक सिध्याउन सकेनौँ,’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘अब २४ गते बिहान साढे ८ बजेदेखि फेरि बैठक बस्ने छ ।’

घिमिरेका अनुसार दलको बैठकमा कांग्रेसका सांसदहरूले बोल्ने क्रम सकिएको छ । आगामी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टी पदाधिकारी र दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बोल्ने कार्यसूची छ ।

‘सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताले बोल्ने क्रम बाँकी छ,’ घिमिरेले भने । कांग्रेस संसदीय दलको बैठक गत माघ १३ गतेदेखि निरन्तर बसिरहेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : २१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा