इसीबीद्वारा प्रमुख ब्याजदरमा २५ प्रतिशत अंकको कटौती « Khabarhub

इसीबीद्वारा प्रमुख ब्याजदरमा २५ प्रतिशत अंकको कटौती


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपेली केन्द्रीय बैंक (इसीबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अंकले कटौती गर्ने निर्णय गरेको छ ।

ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ ।

मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्यांकन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो । 

मुद्रास्फीतिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याई आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध रहेको दोहोर्‍याउँदै इसिबीले आफ्नो भविष्यको मौद्रिक नीतिहरू निर्धारण गर्न आफ्नो तथ्यांक र बैठकको समीक्षा र दृष्टिकोणमा अडिग रहने कुरामा जोड दिएको छ ।

‘यूरोपेली अर्थतन्त्रले अझै पनि संकटको सामना गरिरहेको छ तर बढ्दो वास्तविक आय र प्रतिबन्धात्मक मौद्रिक नीतिको क्रमशः लोप हुँदै गएको प्रभावले समयको साथ माग वृद्धिलाई सहयोग गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। 

युरो क्षेत्रमा मुद्रास्फितिको चिन्ता कम हुँदै गएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउने अपेक्षा बजार अवलोकनकर्ताले गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ४६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक