जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख « Khabarhub

जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले आज (शुक्रबार)देखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनले कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधनका लागि फलदायी हुने बताएका छन् । 

प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

‘प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै माननीयज्यूरूलाई संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गर्दछु,’ सभामुखले भने, ‘आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास लिएको छु ।’

संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिइने भन्दै उनले संसद्मा व्यक्त भएका विचारलाई परिष्कृत गर्दै नीति निर्माणसम्म पुग्ने गरेको बताए ।

‘संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ,’ सभामुखले भने, ‘जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’ 

उनले सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्नेमा पनि विश्वस्त व्यक्त गरे ।

‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौँ,’ सभामुखले भने, ‘अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २६ बजे

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका