माओवादीसँग मिलेर उत्पात गर्छाैँ भन्ने माधवहरू निस्केपछि नयाँ पार्टी बनाउँछौँ: झलनाथ खनाल « Khabarhub

माओवादीसँग मिलेर उत्पात गर्छाैँ भन्ने माधवहरू निस्केपछि नयाँ पार्टी बनाउँछौँ: झलनाथ खनाल


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब नयाँ पार्टी बनाएर राजनीति अघि बढाउने बताएका छन्।

आज शुक्रबार साँझ सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गराएसँगै असन्तुष्ट रहेका खनालले नयाँ पार्टी निर्माणको घोषणा गरेका हुन्।

उनले खबरहबसँगको कुराकानीमा भने, ‘अहिले जेजे भयो त्यसमा मैले असहमति प्रकट गरिसकेको छु। मैले बोल्न खोज्ने बित्तिकै षड्यन्त्रमूलक ढंगले माइक काटियो। तानाशाही रूप देखाएर बैठक अन्त्य भयो।’

अब तपाईँ र तपाईँसहितका असन्तुष्ट पक्ष के गर्छ त? भन्ने प्रश्नमा उनले भने, ‘केके नै गर्ने भनेर माओवादीसँग एकता भन्ने माधवहरु गइसकेपछि हामी नयाँ पार्टी बनाउँछौँ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २८ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको