नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित « Khabarhub

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई पराजित गरेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ । 

सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको एभरेष्टले २५–१४, २५–५, २५–११ ले चुलीलाई पराजित गरेको हो । पराजित चुली युवा क्लब पनि सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको छ ।

त्यस्तै बुधबार नै भएको महिलातर्फको खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले २५–३, २५–८ र २५–९ मधेशलाई पराजित गरेको हो । 

जितसंगैं पुलिसले सेमिफाइनलमा आर्मी क्लबको भेट पक्का गरेको छ । समूह ‘बी’ मा शतप्रतिशत नतिजा निकाल्दै पुलिस समूह विजेता बन्न सफल भयो । 

शुक्रबार हुने सेमिफाइनलमा पुलिस र आर्मी तथा एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लबसँगबीच प्रतिस्पर्धा हुने भलिबल संघले जनाएको छ । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ०६ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी