मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा « Khabarhub

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीका अनुसार जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । सामान्य प्रसूति सेवाका लागि प्रदेशभरि ३६४ प्रसूति केन्द्र छन् । 

शल्यक्रियामार्फत प्रसूति सेवा दिने अस्पतालसँगै घरमै सुत्केरी गराउने क्रम घट्दै गएको महाशाखा प्रमुख केसीले बताए। सन् २०२२ को नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार गण्डकीमा संस्थागत प्रसूति दर ८९ प्रतिशत छ । जुन मुलुकको औसत ७९ प्रतिशतभन्दा बढी हो । 

यस्तै दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर गण्डकीको ८९ प्रतिशत छभने राष्ट्रिय औसत जम्मा ८० प्रतिशत छ । स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्या पनि नेपालको औसत तुलनामा गण्डकी प्रदेशमा बढी छ । 

राष्ट्रिय रूपमा औसत ८१ प्रतिशतले गर्भवतीले स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्थ्य परीक्षण गराउँछन् भने गण्डकीमा ८५ प्रतिशतले गराउने गरेका छन् ।  

सरकारले सन् २०३० सम्ममा गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराउने दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।  विसं २०७८ को जनगणनाअनुसार प्रदेशमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १६१ देखाएको थियो । गत आवमा भने जम्मा १३ जना गर्भवती र सुत्केरी आमाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

मातृशिशु मृत्युदरमा सुधार देखिएपनि चुनौती भने कायमै रहेको मन्त्रालयको अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए। 

गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरणसँगै स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गर्न प्रदेशका ११ वटै जिल्लामा अभियान थालिएको सचिव खड्काले बताए। 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : ३४ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ