काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने « Khabarhub

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा सुत्केरीपछि काममा फर्किनुपर्ने महिलालगायतका समूहलाई लक्षित गर्दै ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने तयारी गरेको छ।

महानगरले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा अर्को गरी दुईवटा ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको हो। केन्द्रमार्फत विशेष हेरचाह, रेखदेख र आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ।

केन्द्रसम्बन्धी जानकारी दिँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यो सेवा नयाँ अवधारणा भएकाले सुरुमा यसको प्रभावकारिता मूल्याङ्कन गरिने बताइन्।

‘नयाँ काम सुरु गर्दा त्यसको परिणाम हेर्नुपर्छ। प्रारम्भिक चरणमा सञ्चालन गरिएका केन्द्रको प्रभावका आधारमा सेवा विस्तार गर्ने वा नगर्ने निर्णय हुनेछ,’ उनले भनिन्।

डंगोलले आज यूएन वुमनका प्रतिनिधिसँग हेरचाह सेवाका विषयमा भएको छलफलका क्रममा यस्तो जानकारी दिएकी हुन्।

उनका अनुसार तीव्र सहरीकरणसँगै सामाजिक संरचनामा परिवर्तन आएको छ। यसले आवश्यक सहयोग चाहिने समयमा धेरै व्यक्ति एक्लो हुने अवस्था बढाएको छ।

‘यसले सामाजिक समस्या बढ्ने जोखिम हुन्छ। त्यसलाई न्यूनिकरण गर्न हेरचाह र रेखदेखसँग सम्बन्धित सेवाको आवश्यकता बढ्दै गएको छ,’ उनले भनिन्।

हेरचाह र रेखदेखका काम प्रत्यक्ष रूपमा महिलाको अवस्था र समस्यासँग जोडिने भएकाले यस सेवासँग महिला अधिकार, सशक्तिकरण, सीप विकास, रोजगार र आयआर्जनका कार्यक्रम पनि सम्बन्धित हुने डंगोलको भनाइ छ। ‘यस क्षेत्रमा हामी उत्तरदायी भएर काम गरिरहेका छौँ,’ उनले स्पष्ट पारिन्।

छलफलमा सहरीकरणले सिर्जना गरेको अवस्था, विद्यमान लैङ्गिक समता र समानताको स्थिति तथा सोचमा आवश्यक रूपान्तरणका विषय पनि उठाइएका थिए। साथै हेरचाह र रेखदेखमा निजी तथा सामुदायिक संस्थाको भूमिका, लगानी र दायित्व, ‘केयर इकोनोमी’देखि ‘केयर सिस्टम’सम्मको अवधारणा र ‘केयर इन्टरप्रेनरसिप’लाई नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा अघि बढाउन सकिने सम्भावनाबारे पनि छलफल भएको थियो।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : ५१ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट