काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान लियोनेल मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर भएको बताएका छन्।
यामलले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत मेसीप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, “मेस्सी विश्वकै सर्वोत्कृष्ट हुन् (Messi is the best in the world)।”
बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ बाटै निस्किएर विश्व फुटबलमा उदाइरहेका १७ वर्षीय यामललाई धेरैले मेसीको उत्तराधिकारीका रूपमा हेर्ने गर्छन्।
सन् २०२४ को युरो कपमा स्पेनलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका यामलले बार्सिलोनाका पूर्वकप्तान एवं सर्वकालीन महान् खेलाडी मानिने मेसीको खुलेर प्रशंसा गरेका हुन्।














प्रतिक्रिया