आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो « Khabarhub

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता त्रिपाठीले लुम्बिनी विकास कोष कसैलाई पुरस्कार बाँड्ने थलो नभएको स्पष्ट पारेका हुन् । 

उनले सार्वजनिक महत्व बोकेको संस्थामा गरिने नियुक्ति व्यक्तिगत सम्बन्ध, प्रभाव वा अन्य आधारमा नभई कानुनी प्रक्रिया र संस्थाको उद्देश्यअनुसार हुनुपर्ने धारणा राखे । 

आनी छोइङ डोल्माको नियुक्तिको विषयमा विभिन्न प्रश्न उठिरहेका बेला सरकार भने मौन बसेको भन्दै त्रिपाठीले असन्तुष्टि व्यक्त गरे । 

नियुक्ति कुन कानुनी प्रावधानअनुसार गरिएको हो र त्यसको आधार के हो भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ । उनले नियुक्तिको विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै सरकारले नागरिकका जिज्ञासालाई बेवास्ता गर्न नहुने बताए । सार्वजनिक संस्थामा हुने नियुक्ति पारदर्शी, जवाफदेही र कानुनसम्मत हुनुपर्ने उनको भनाइ छ ।

लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेको धार्मिक र सांस्कृतिक क्षेत्र भएको र  यस्तो महत्वपूर्ण क्षेत्रको विकास, संरक्षण र व्यवस्थापनको जिम्मेवारी पाएको विकास कोषमा हुने नियुक्ति प्रक्रियाले पनि विशेष महत्व राख्ने त्रिपाठीको भनाइ छ । 

अन्य वक्ताहरुले आनी छोइङ डोल्माको नियुक्तिबारे उठेका प्रश्नको सरकारले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिएकाछन । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ३ : ५५ बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र