काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ५ मुडेमा पुस १४ गते सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे गाउँपालिका ६ का ४२ वर्षीया मकरध्वज तामाङ, बाह्रबिसे ३ का ४५ को जितबहादुर तामाङ, सोही स्थानका ३५ वर्षीय छिरिङ दोर्जे लामा र २४ वर्षीया सबिना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट नौ लाख ९५ हजार रुपियाँ बरामद गरेको छ ।
सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज पोखरेलका अनुसार उनीहरुको साथबाट दुई वटा मोटरसाइकल ६ थान मोबाइल र एक साथ चेकबुकसमेत बरामद भएको छ ।













प्रतिक्रिया