डा. बाबुराम भुल बने नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति « Khabarhub

डा. बाबुराम भुल बने नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. बाबुराम भुल नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति बनेका छन् । डा. भुललाई विश्वविद्यालयले पुस १६ गते विद्यावारिधीको प्रमाणपत्र प्रदान गरेको हो ।

सो विश्वविद्यालयको व्यवस्थापन तथा कानु संकाय अन्तर्गत डा. बाबुराम भुललाई डक्टर अफ फिलोसपी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि प्रदान गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ । डा. भुलले गरेको अनुसन्धानले नेपालको सार्वजनिक सेवामा समावेशी शासन तथा सांगठनिक प्रतिबद्धतामा सुधार ल्याउने अपेक्षा विश्वविद्यालयले गरेको छ ।

पहिलो विद्यावारिधीको प्रमाणपत्र हस्तान्तरण गर्दै विश्वविद्यालय प्रशासनले सो विश्वविद्यालय स्नातक देखि विद्यावारिधि तहसम्म मानवीय संसाधन उत्पादन गर्ने विशिष्ट विश्वविद्यालयको रूपमा आफूलाई उभ्याउन सफल भएको जनाएको छ ।

०७३ सालबाट छुट्टै ऐनमार्फत सञ्चालनमा आएको नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा स्वास्थ्य विज्ञान तथा प्रविधि, समाज विज्ञान तथा शिक्षा र व्यवस्थापन तथा कानुन संकायमा अध्ययन गराउँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : ०३ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने