कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने « Khabarhub

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन गर्ने निर्णय गरेको छ।

चैत्र १८ गते बीपी स्मृति भवन मा बसेको समितिको बैठकले विभिन्न जिल्ला र उम्मेदवारबाट प्राप्त उजुरीलाई वर्गीकरण गरी यथाशीघ्र टुंगो लगाउने निर्णय गरेको हो।

समितिका अनुसार उजुरीहरूलाई स्वतन्त्र उम्मेदवार बनेका वा प्रस्तावक–समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रत्यक्ष प्रचारमा संलग्न, अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग गरेका, ‘साइलेन्स किलिङ’ गरेको तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विपक्षीलाई सहयोग गरेको लगायतमा वर्गीकरण गरिएको छ।

समिति संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले छानबिनपछि अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिसँग ७ दिनभित्र स्पष्टीकरण मागिने निर्णय पनि गरिएको छ।

त्यस्तै, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनाधिकृत वक्तव्य जारी गरिएकोप्रति समितिले गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो कार्य नगर्न चेतावनी दिएको छ।

आगामी दिनमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि पार्टी विधान र प्रचलित कानुनअनुसार कारबाही गरिने पनि जनाएको छ।

यसैबीच, निर्वाचनसँग सम्बन्धित थप उजुरी भए चैत्र मसान्तभित्र समितिमा पेश गर्न निर्देशन दिइएको छ। निर्धारित समयपछि प्राप्त उजुरीमाथि कुनै कारबाही नहुने स्पष्ट पारिएको छ।

कारवाहीको निर्णय परेकाहरू

निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका ।
निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचारमा प्रत्यक्ष सहभागी भएका ।
पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्ष रुपमा विपक्षीलाई सघाएका ।
नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : १७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको