बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन « Khabarhub

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा संसदीय दलको नेता बनाउने तयारी भएको छ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार भएनन्।

संसदीय दलको नेताको निर्वाचनमा चुनाव माग गरेका युवा नेता सुहाङलाई एक्ल्याएर बादललाई सर्वसम्मत गर्न लागिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा उपाध्यक्ष बादल संसदीय दलको नेतामा चयन हुन लाग्दा सुहाङका लागि समर्थक र प्रस्तावक नै भेटिएनन्।

केही नेताहरूले सुहाङको पक्षमा समर्थक र प्रस्तावक बस्ने तयारी गरे पनि उनीहरूलाई ओलीले रोकेका छन्।

केही समय अगाडि सुहाङको पक्षमा देखिएका नेताहरू पनि अन्तिममा प्रस्तावक र समर्थक नै बस्न तयार भएनन्।

संसदीय दलको लागि चुनाव गर्ने बाटोमा गएको एमालेमा सुहाङको पक्षमा प्रस्तावक र समर्थक नभएपछि बादल निर्विरोध हुने भएका हुन् ।

सुहाङले समर्थक र प्रस्तावकको खोजी गरे पनि कुनै नेताहरू तयार नभएको स्रोतको दाबी छ।

‘चुनावमा जाऊँ भनेर हामी तयार थियौँ। तर सुहाङ कमरेडको पक्षमा कोही खुल्न सक्नुभएन’, एमाले स्रोतले भन्यो, ‘अब सर्वसम्मत रूपमा बादल कमरेड नै दलको नेता चुनिनुहुन्छ ।’

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : २६ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,