पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी « Khabarhub

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको हो । 

अव उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि वढाउने निर्णय भएको कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । 

त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५ सय ७ उजुरीलाई वर्गीकरण गरी अविलम्ब टुंगोमा पुर्‍याउने निर्णय गरेको छ भने छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट ७ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले बताए। 

बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र पठाउन निर्देशन जारी गरेको छ । 

तत्पश्चात् प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नहुने अनुशासन समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : २८ बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध