रतुवा खोलामा बोराभित्र भेटिएकी युवतीको पहिचान खुल्यो « Khabarhub

रतुवा खोलामा बोराभित्र भेटिएकी युवतीको पहिचान खुल्यो


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र बाँधिएको अवस्थामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका-८, वसन्तटोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रमा तिवारी (रोमा) रहेको खुलेको छ।

बुवा नारायण र आमा मुना तिवारीले शव हेरेपछि छोरीका रुपमा सनाखत गरेका हुन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रमा गत जेठ १३ गते राति करिब साढे ९ बजे घरबाट आफैँ निस्किएकी थिइन्। त्यसपछि उनी घर फर्किएकी थिइनन् ।

यसअघि शनिबार बिहान दमक नगरपालिका-१० सेतुमारीस्थित पुलमुनि रतुवा खोलामा उनको शव फेला परेको थियो। स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १ : ०७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,