अभिजित दिपके भारत फर्किँदै, दिल्लीमा प्रदर्शन गर्ने कक्रोच जनता पार्टीको तयारी « Khabarhub

अभिजित दिपके भारत फर्किँदै, दिल्लीमा प्रदर्शन गर्ने कक्रोच जनता पार्टीको तयारी


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका छन् । हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके आगामी जुन ६ तारिखमा स्वदेश फर्कन लागेका हुन् ।

कक्रोच जनता पार्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् दिपके भारत फर्किन लागेको जानकारी दिएको हो । यससँगै पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीमा प्रदर्शनको आह्वान समेत गरेको छ ।

भारतमा विभिन्न महत्वपूर्ण परीक्षा अगावै प्रश्नपत्र चुहिएपछि शिक्षामन्त्रीको राजीनामा माग्न थालिएको छ । विभिन्न महत्वपूर्ण परीक्षामा समस्या देखिँदा भारतका १ करोडभन्दा बढी विद्यार्थीहरूको भविष्य संकटमा परेको भन्दै यो कदम चालिएको पार्टीको दाबी छ ।

कतिपय विद्यार्थीहरूले यसै तनावका कारण आफ्नो ज्यान समेत गुमाउनुपरेको परिस्थितिमा पनि सरकारबाट कुनै ठोस जिम्मेवारी नलिइएको आरोप लगाइएको छ । पार्टीले दिल्लीस्थित जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अभियानलाई सशक्त बनाउन संस्थापक दिपकेले समर्थकहरूलाई आफू स्वदेश फर्किने दिन विमानस्थलमै उपस्थित हुन र त्यहाँबाट एकजुट भई जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शनको अनुमति माग्न पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेशन जाने आह्वान गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : ३२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी