चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो « Khabarhub

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो ।

जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो । घटनापछि सुरुमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिइएको थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अद्यावधिक विवरण सार्वजनिक गरिएको हो ।

दक्षिणी गान्सु प्रान्तको पहाडी क्षेत्रमा रहेको सुवाङशिमेन प्राकृतिक ढुङ्गाका तोरण, उच्च पहाडी घाँसे मैदान र पहाडी खोलानालाका लागि परिचित पर्यटकीय क्षेत्र हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पाल र सवारीसाधन राखिएको उपत्यकाबाट तीव्र गतिमा बाढी बगिरहेको देखिएको थियो ।

यस गर्मीयाममा चीन चरम मौसमी घटनाबाट प्रभावित बनेको छ । जुलाई महिनामा हुबेई प्रान्तमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको थियो । त्यस्तै, दक्षिणी ग्वाङसी क्षेत्रमा भारी वर्षापछि बाँध भत्किँदा छ जनाको मृत्यु भएको र एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । यसैगरी, गान्सु प्रान्तकै दाङचाङ काउन्टीमा गएको पहिरोमा परी जुलाईमा २१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : १० बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका