विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति « Khabarhub

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्। तर बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि पार्टीभित्र बढ्दो आन्तरिक विवाद र संस्थापन इतर समूहले राष्ट्रिय भेला घोषणा गरेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सभापति गगन थापाको नेतृत्वले पार्टी एकताका लागि अपेक्षित पहल नगरेको आरोप लगाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षीय संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको थियो। भेलाको तयारीका लागि राजनीतिक, संगठन, विधान मस्यौदा लगायत १६ वटा उपसमिति पनि गठन गरिएको छ।

कोइरालाले राष्ट्रिय भेलाको उद्देश्य कांग्रेसलाई वैचारिक, नीतिगत र संगठनात्मक रूपमा सुदृढ बनाउनु रहेको बताएका थिए। उनका अनुसार भेलामा पार्टीको वर्तमान अवस्था, समसामयिक राजनीतिक परिस्थिति, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक विषयमा व्यापक छलफल हुने योजना छ।

उनले पार्टीभित्र एकताका लागि निरन्तर प्रयास गरिए पनि नेतृत्व तहबाट अपेक्षित भूमिका नदेखिएपछि नेता–कार्यकर्ता र शुभेच्छुकमा बढेको निराशा सम्बोधन गर्न राष्ट्रिय भेला आवश्यक भएको बताएका थिए ।

कोइरालाले लोकतान्त्रिक संविधानमाथि चुनौती बढ्दै गएको, धार्मिक तथा साम्प्रदायिक तनाव बढिरहेको भन्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याएका थिए। उनले सुनसरीलगायतका घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।

संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न पार्टीभित्रको एकतासँगै राष्ट्रिय राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेको थियो।

यही पृष्ठभूमिमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकलाई कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद व्यवस्थापन र राष्ट्रिय भेलाअघि नेतृत्वको रणनीति तय गर्ने प्रयासका रूपमा हेरिएको छ। हालसम्म पार्टी विभाजनबारे कुनै औपचारिक निर्णय वा घोषणा भने भएको छैन।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ४ : ०९ बजे

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा