शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’ « Khabarhub

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच भेटवार्ता भएको छ । भेटवार्तामा कोशी सरकार गठनको विषयमा हिक्मत कार्कीलाई निरन्तरता नदिने विषयमा सहयोग गरिदिन शेरधनले आग्रह गरेका थिए ।

“मुख्यमन्त्रीमा अर्को व्यक्ति तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी हाम्रो पक्षको छ । उहाँलाई सहयोग गर्नुस्,” शेरधनले भनेका थिए, “उहाँलाई निरन्तरता दिएर पनि केही उपलब्धि हुने छैन दोस्रो व्यक्तिले पनि अवसर र काम गर्ने मौका पाउनु पर्‍यो नि ।”

शेरधन र हिक्मतबीच कोशी प्रदेशमा शक्तिको लडाई देखिन्छ। त्यसकारण शेरधनले तिलकुमारलाई अगाडि सार्न लागेको एमाले नेताहरु बताउँछन् ।

नेकपाका संसदीय दलका नेता आङ्बोले भने एमालेको विषयका कारण नेकपालाई समस्यामा पार्नु नहुने बताउँदै पार्टीको आधिकारिक निर्णय चाँडै ल्याउन आग्रह गरेका थिए । आङ्बोले एमालेभित्रको मुख्यमन्त्री विवादका कारण गठबन्धनमा समस्या उत्पन्न हुन नदिन शेरधनलाई आग्रह गरेका थिए।

आङ्बोले एमाले नेतृत्वलाई कोशी प्रदेशको नेतृत्वबारे चाँडै निर्णय लिन पनि आग्रह गरेको स्रोतको दाबी छ। भेटमा एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारी पनि थिए ।

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार शेरधन अहिले ताप्लेजुङका तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन खटिएका छन् । तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई नै निरन्तरता दिनुपर्ने आग्रह गरेका छन्।

पछिल्लो समय महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दबाब दिएपछि अध्यक्ष ओली कार्कीलाई निरन्तरता दिने पक्षमा थिए । उनी उनैलाई नै निरन्तरता दिने पक्षमा देखिएपछि बेलायतको लण्डनबाट आएर शेरधनले भेटेका थिए । शेरधनले ओलीको निर्णयमा असन्तुष्टि जनाएका थिए । शेरधन र हिक्मतबीच लामो समयदेखि शीतयुद्ध जस्तै सम्बन्ध छ।

त्यसपछि ओलीले राईलाई कार्की हटाउने अभियानको जिम्मेवारी दिएर विराटनगर पठाएका थिए । यसैबीच, शेरधनले एमाले र गठबन्धनका नेताहरूको समर्थन जुटाएर कार्कीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको चर्चा छ । त्यही अवस्थामा आङ्बोलाई भेटेर कुरा राखेका हुन् । तर आङ्बोले एमालेको कुरा पहिले मिलाउन सुझाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ७ : १९ बजे

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी