कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे « Khabarhub

कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको सहयोग ढिलो लिँदा रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको खोज तथा उद्धारमा ढिलाइ भएको बताएका छन् ।

बुधारबा प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले विपत्तिको समयमा कांग्रेसको सम्पूर्ण संगठन र शक्ति फिल्डमै परिचालित रहेको बताए । 

उनले आफू र पार्टी सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्थाबारे जानकारी लिएको समेत उल्लेख गरे ।

सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा भएको ढिलाइप्रति प्रश्न उठाउँदै उनले सम्बन्धित क्षेत्रका विज्ञलाई तत्काल परिचालन गर्नुपर्ने बताए । निजी तथा अन्तर्राष्ट्रिय सहयोग समयमै नलिँदा उद्धारमा ढिलाइ भएको हुन सक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले संसद्को रोस्टमबाट अवस्था राम्रो रहेको बताए पनि फिल्डमा भने त्यस्तो अवस्था नरहेको आङ्देम्बेले दाबी गरे । 

उनले गृहमन्त्री सुधन गुरुङले सुरुङमार्गमा माटो खोस्रिने काम गरेको विषयमा समेत आलोचना गरेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : १४ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका