दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै « Khabarhub

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सप्तरी– तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन् । ती कुमाले महिला दीपावली अर्थात् लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गर्ने कार्यमा व्यस्त रहेको पाइएको छ ।

ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताइन् । उनीहरुले तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उनले बताइन् ।

मजदुरी गरी परिवार पाल्दै आएकाले ती समुदायका महिलाले चाडबाडमा खर्च जुटाउन हुक्कापातीलाई आयआर्जन प्रमुख माध्यम बनाइरहेको देखिन्छ । दुई हजारको सामानबाट हुक्कापाती बनाएर बिक्री गर्दा रु १५ हजारसम्म सकिने उनीहरुको भनाइ छ ।

कुमाले समुदायले दियो र हुक्कापाती बनाएर घरघरमा पुर्‍याएपछि सहरका उपभोक्तालाई त्यसका लागि आवश्यक सामाग्री जुटाएर तयार पार्ने समस्या र बाध्यता हटेको छ । हुक्कापातीका लागि सन्ठी, खर र सनपाट  घरमा ल्याएर घण्टौँ लगाएर बनाउने गरिन्छ ।

विगतमा घरघरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिका–७ का उर्मिला देवले बताइन् । 

उनले भनिन्, ‘पहिले बजारमा बनाएको हुक्कापाती किन्न पाइँदैनथ्यो । सन्ठी, खर र सनपाट किनेर ल्याएर घरघरमा बनाइने चलन थियो । तर, अहिले सहरी क्षेत्रमा हुक्कापाती बनाउने चलन हराउँदै गएको छ । हाल किनेर प्रयोग गर्ने परम्परा बढेको छ ।’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक हप्ता यता हुक्कापाती बनाउन भ्याइनभ्याई छ । घरको काम सकेर दिनहुँ बनाएको हुक्कापाती बेचेर तिहारमा रु १५ देखि २० हजार आम्दानी गर्दै आएको छ । 

उनले भनिन्, ‘जति लक्ष्मीपूजा नजिकिँदै जान्छ त्यति बिक्री हुने गरेको छ । दिनको ३०० देखि ५०० हुक्कापाती बिक्री हुँदै आएको छ । रु १० देखि २० प्रतिहुक्कापाती बेच्दै आएकी छु ।’ उनले प्रत्येक वर्ष एक महिना उक्त काम गर्दै आएकी छन् ।

लक्ष्मी पूजाको दिन पूजा हुनुअघि घरमाथि, तुल्सामोठ, कुलदेवताको कोठा तथा मन्दिरमा मधेसमा हुक्कापाती राख्ने चलन  छ । लक्ष्मीपूजा सकिएसँगै प्रत्येक घरपरिवारमा हुक्कापाती अनिवार्य खेल्ने परम्परा छ । त्यस कार्यले कुल पितृ उज्यालो मार्गमार्फत स्वर्गमा जान्छन् भन्ने जनविश्वास छ ।

त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी कविता पण्डित यतिबेला माटोको दियो बनाउने कार्यमा व्यस्त छिन् । घरको काम सकेर दियो बनाउने अनि घरघरमा गएर दियो बेच्दै आएकी उनी उनले बताइन् । तराई मधेसमा माटो भाँडाको तिहारदेखि छठभित्र राम्रो बिक्री हुने गरेको छ । 

उनी प्रत्येक दिन दुई हजारको सङ्ख्यामा दियो बोकेर बजार जाने र प्रतिदियो दुईमा बेच्दै आएकी छन्  । श्रीमती पण्डितले यस याममा रु २० देखि ४० हजारसम्म कमाइ गर्दै आएकी छन् । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ११ : ५४ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार

‘यमनमा साउदी नेतृत्व गठबन्धनको आक्रमण, सात जना घाइते’

एजेन्सी – यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन

बमले उडाइदिने धम्कीपछि बुलेटप्रूफ घेरामा अमिताभ

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन वर्षौँदेखि हरेक आइतबार आफ्नो घरबाहिर

माडीमा धान नफलेपछि किसान चिन्तित, बीउको गुणस्तरमाथि प्रश्न

नारायणगढ – माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा

२५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौँमा उपचार हुँदै (तस्बिरहरू)

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा