बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल « Khabarhub

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता सम्बन्धमा राष्ट्रसंघीय निकायहरुसहित सरोकारवाला संघसंस्थाहरुसँग प्राधिकरण तथा गृह मन्त्रालयका अधिकारीहरुले छलफल गरेका छन् ।

शीघ्र पुनर्लाभ राहतअन्तर्गत नगद अनुदान सहायतामा काम गरिरहेका र योजना बनाइरहेका राष्ट्रसंघीय निकायहरु, आइएफआरसी तथा रेडक्रम एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले हालसम्म भएका कार्य एवं योजनाका बारेमा बैठकमा जानकारी गराउ । 

बैठकको अध्यक्षतासमेत गरेका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले प्रभावितहरुसम्म सहायता लिएर जाँदा नेपाल सरकारसँग समन्वय गरी सरकारकै हिस्साका रुपमा आएको सन्देश दिन आग्रह गरे ।

गृह मन्त्रालयको विपद् नीति समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा प्रमुख विश्व राज न्यौपानेले नगद सहायता वितरण गर्दा प्राधिकरणसँग समन्वय गरी विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ र मन्त्रिपरिषद्को बसोबास तथा जीविकोपार्जनका लागि नगद उपलब्ध गराउने भदौ २५ गतेको निर्णयअनुसार कार्यक्रम संचालन गर्न आग्रह गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : २२ बजे

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति