निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे « Khabarhub

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा निजको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मेचीनगर–६ निवासी साहलाई तत्काल उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रकका चालक भारत पञ्जावको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

निर्माणाधीन एसियाली राजमार्गको अव्यवस्थित डाइभर्सन र हिलाम्मे सडकका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन् । यही पुस ५ गते साँझ विर्तामोड–६ स्थित बुट्टाबारी चिया बगान नजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको थियो ।

राजमार्गको काँकडभिट्टा–विर्तामोड खण्डमा डाइभर्सन र संकेत चिह्नहरु देख्नेगरी नराखिएका र चिप्लो माटो भरिएको सडकमा पानी खन्याउँदा हिलाम्मे हुने गरेको सर्वसाधारणको गुनासो छ ।

कनकाई–६ की पत्रकार सावित्रा दाहाल र मेचीनगर–९ का इभन लुइँटेलले खराब डाइभर्सनका कारण आफूहरु राजमार्गमा दुर्घटनामा परेको बताउनुभएको छ । दाहाल र लुइँटेल लामो समयको अस्पताल बसाइपछि स्वास्थ्यलाभ गरेर हालै घर फर्किएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : १६ बजे

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

‍बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले

चर्किँदै कांग्रेसको कलह, विशेष महाधिवेशन पक्षधरले भने : नेतृत्वसामु अब अर्को विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ । पार्टीको

काठमाडौं महानगरका वडामा सीसीटिभी जडान तीव्र, ३० र २९ मा क्यामरा सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वडास्तरमा अत्याधुनिक सीसीटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ