कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए « Khabarhub

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि विवाद चर्किएको छ ।

जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका सभापति देउवाले पार्टीभित्र महाधिवेशनको विवाद चर्किएपछि समाधानका लागि आकस्मिक रुपमा शीर्ष नेतालाई निवासमा बोलाएका हुन् ।

देउवाको निजी सचिवालयका अनुसार शुक्रबार बिहान निजी निवास महाराजगञ्जमा देउवाले शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

कार्यवाहक सभापति खड्का देउवा निवासमा पुगिसकेपछि देउवाले थप नेतालाई छलफलमा बोलाएका हुन्। कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नियमित महाधिवेशन स्थगित गर्दै बिहीबार विशेष महाधिवेशन तय गरेका छन् । संस्थान पक्षले यो स्वीकार्य नहुने बताएपछि कांग्रेसमा विवाद चर्किएको छ ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन तोकेपछि कांग्रेसले शुक्रबार दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति देउवाले त्यसअघि नै समस्या समाधानका लागि शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : २९ बजे

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

‍बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले