भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू) « Khabarhub

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला बिक्रीमा व्यस्त देखिएका छन् । 

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ ।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । 

सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले विभिन्न जिल्लासम्म पुग्न थालेको छ ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले  जानकारी दिए । 

अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यावसायिक उत्पादन गर्दै आएको छु उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ ।

मैले यस वर्ष करिब चार देखि पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु र अर्को वर्ष सुन्तलाको उत्पादन बढ्ने र आम्दानी समेत बढ्ने मेयर उदासले बताए ।

यातायातको सुविधासँगै  बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले पनि खुद्रा बिक्री र बजारकै लागि बोकेर लैजानु पर्ने अवस्थाको अन्त्य भएको मेयर उदासले बताए ।

 सडक पहुँचको कारण गाउँघरमा उत्पादित सुन्तला खाँदबारी संखुवासभा, धरान, इटहरी, बिर्तामोड, विराटनगर लगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : २९ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट