हिमाल हेर्न बेलढुङ्गामा पर्यटक « Khabarhub

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलकोट– एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ । 

पहिचान, प्रचार र प्रवद्र्धनसहित स्थानीय जागरुक बनेर बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली सिमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइमा हिमाल पर्ने गरेको छ । 

बेलढुङ्गाबाट सम्मुखमै दर्जनौँ हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो । उक्त स्थानमा अहिले रेलिङ सहितको फराकिलो पूर्वाधार निर्माण भएको थियो । 

नाम सुन्दै आएको मैले आँखैअघि बेलढुङ्गाबाट हिमाल हेर्न पाउँदा मोहित भएको बागलुङ–९ तित्याङका लालबहादुर थापाले जानकारी दिए । बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृङ्खला, हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आकर्षणको केन्द्र रहेको थापाको भनाइ छ । 

समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैँमा मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेको उहाँको भनाइ रहेको छ ।  यहाँबाट नेपालमै एकै पटक धेरै हिमाल देखिने मध्यको ठाउँमा पर्ने स्थानीय गोपाल श्रीसको भनाइ छ । श्रीसका अनुसार रुकुमको पुथा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुदेखि रसुवाको लाङटाङसम्मको हिमाल देख्न सकिने श्रीसको भनाइ छ  । 

बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झन्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । 

‘एकै पटकमा दर्जन हिमाल आँखैअघि देख्ने नेपालका कम स्थानमध्ये बेलढुङ्गा हो, अहिले यहाँ पूर्वाधारले गति लिएको छ, देउरालीमा सडक पुगेको छभने खानेपानी ल्याउने प्रयास थालिएको छ’, श्रीसले भने, ‘बेलढुङ्गा घरबासमा बसेका पर्यटक बिहान हिमाल हेर्न बेलढुङ्गा पुग्ने गर्दछन्, चैत वैशाखमा त लागीगुराँसले ढकमक्क हुन्छ बेलढुङ्गा गाउँ ।’

बेलढुङ्गाभन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागिसमेत लगानी गरिरहेको छ ।

काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले बेलढुङ्गा पुग्ने पदमार्ग सहितका अन्य पूर्वाधार निर्माणमा रु ४० लाख लगानी भइसकेको छ भने चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट साइकलल्यान्ड बनाउन र कान्छो धौलागिरिको प्रचार गर्न विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ३० बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ