स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ « Khabarhub

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य आवागमनका लागि खुला गर्न सैन्य अभियान ‘अवास्तविक’ भएको बताएका छन् । दक्षिण कोरियाको भ्रमणका क्रममा म्याक्रोँले भने, “सैन्य कारबाहीमार्फत बलपूर्वक हर्मुज जलमार्गको सञ्चालनका लागि वकालत गर्नेहरू पनि छन्, जुन अडान कहिलेकाहीँ अमेरिकाले पनि व्यक्त गरेको छ।”

“यो हामीले छनौट गरेको विकल्प होइन र हामी यसलाई अवास्तविक मान्छौँ,” उनले भने । म्याक्रोँले यस्तो कारबाहीले अत्यधिक समय लिने र जलमार्ग पार गर्नेहरूलाई ‘तटीय खतरा’ हुने देखिएको बताए । “यो इरानसँग मिलेर मात्र गर्न सकिन्छ,” उनले भने ।

तेलको लागि महत्त्वपूर्ण ढुवानी मार्ग हर्मुज घाँटी मध्यपूर्व युद्धका कारण हप्तौँदेखि लगभग अस्तव्यस्त बनेको छ । यसले विश्वव्यापी कच्चा तेल र सम्बन्धित उत्पादनहरूको मूल्य बढाएको छ । इरानको शक्तिशाली सैन्य दस्ता रिभोलुसनरी गार्ड कोरले उसका ‘शत्रुहरू’ का लागि जलमार्ग बन्द राख्ने वाचा गरेको छ भने ट्रम्पले यसलाई युद्धविरामको सर्त बनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बुधबार प्राइम टाइममा सम्बोधन गर्दै स्ट्रेटबाट तेल प्राप्त गर्ने देशहरूले ‘त्यो मार्गको ख्याल राख्नुपर्छ’ भनेका थिए । यसअघिका टिप्पणीहरूमा उनले युरोपेली र एसियाली देशहरूलाई सङ्केत गर्दै उनीहरू यसलाई खुलाउन अमेरिकासँग सहकार्य गर्नुपर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै भने, “तपाईंलाई थाहा छ, हामीसँग त्यहाँ (उत्तर कोरियामा) आणविक बलको आडमा केवल ४५ हजार सैनिकहरू छन् । दक्षिण कोरियालाई यो गर्न दिनुहोस् ।”

“जापानलाई यो गर्न दिनुहोस् । उनीहरूले आफ्नो तेलको ९० प्रतिशत हर्मुज घाँटीबाट प्राप्त गर्छन् । चीनलाई यो गर्न दिनुहोस् । तिनीहरू सबैलाई यो गर्न दिनुहो स्। हामी यो केको लागि गरिरहेका छौँ ?”

दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ छन् । जापानको भ्रमण सकेर बिहीबार दक्षिण कोरिया पुगेका म्याक्रोँले पनि द्वन्द्वबारे ट्रम्पको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ७ : २१ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज