चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान « Khabarhub

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई सेवा प्रदान गरेको ‘चाइना स्टेट रेलवे ग्रुप’ले शनिबार जानकारी गराएको छ । चिनियाँ रेलमार्ग सेवा समूहले विच्याटमा एक पोस्टमा लेखेको छ, “रेलमार्गबाट शुक्रबार मे दिवस (मे १)का दिन दुई करोड ४८ लाख यात्रुलाई सेवा दिइएको र शनिबार पनि यो सङ्ख्या उल्लेख्य हुने अनुमान गरिएको छ ।”

शनिबार थप एक करोड ९७ लाख यात्राको अपेक्षा गरिएको छ । रेल यात्राका लागि आधिकारिक बुकिङ च्यानलहरूले मङ्गलबारसम्म चल्ने मे दिवसको बिदाको अवधिको लागि अहिलेसम्म ११ करोड ७० लाख रेल टिकटहरूको बिक्री भएको बताएका छन् । तथ्याङ्कले कोभिड–१९ महामारीपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कमजोर रहेको बिदाको समयमा बलियो आन्तरिक पर्यटन र उपभोक्ता खर्चमा सम्भावित वृद्धिलाई औँल्याउँछ ।

कमजोर उपभोग र लामो समयसम्म घरजग्गा कारोबारमा आएको गिरावटको सामना गर्दै चीनले हालैका वर्षहरूमा कमजोर उपभोगलाई समर्थक गर्ने नीतिहरूको कारण आर्थिक वृद्धिलाई बढावा दिन निर्यातमा निर्भर रहेको छ। यस वर्षको मे १ को रेल यात्राको आँकडा सन् २०२५ को सोही दिनको तुलनामा १७ लाखले वृद्धि भएको छ। समूहले भनेको छ, “‘रेलवे नेटवर्कले बिदाको मागलाई पूरा गर्न हजारौँ थप रेल सेवाहरू थपेको छ।”

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ७ : १३ बजे

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट

कर्णालीको गौरव : धमाधम निर्माण हुँदै प्रशासनिक भवन

कर्णाली– कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण

माईखोलाको बगरमा बदामखेती

झापा– सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५

कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै