विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा « Khabarhub

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

जेठ १७ गते प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको छ भनेर दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण उनीहरूले प्रधानमन्त्रीबाट माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग अघि सारेका हुन्।

श्रमसंस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर हाजिर हुनुपर्ने नियमको उल्लेख गर्दै संविधानको धारा ७७ (१) ग अनुसार अनुपस्थितिमा पदमुक्त हुन सक्ने बताए।

’प्रधानमन्त्रीजस्तो व्यक्तिले जेठ १७ गते राखेको अभिव्यक्ति सच्याउनुपर्छ,’ साम्पाङले भने, ‘नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ भन्ने कुरा पुष्टि हुनुपर्छ। यदि गल्ती भएको छ भने तीन करोड नेपालीसामु उभिएर माफी माग्नुपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले नेताको बचाउमा देशकै विरुद्ध प्रमाण बटुल्ने प्रवृत्तिको आलोचना गरिन्।

‘आजभोलि केही मानिसहरू नेताले बोलेको कुराको बचाउ गर्न देशकै विरुद्ध प्रमाण बटुल्न हिँडेका छन्,’ ओलीले भनिन्, ‘संसद्मा बोलेको कुरा अपरिवर्तनीय कूटनीतिक छापका रूपमा रहन्छ। त्रुटि भएको छ, प्रधानमन्त्री पनि नयाँ हुनुहुन्छ।’

नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले यति संवेदनशील विषयमा मौन बस्न नहुने बताए।

‘यो सानोतिनो विषय होइन। प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ,’ दुलालले भने, ‘यदि यति गम्भीर विषयमा गल्ती स्वीकार गर्न तयार हुनुहुन्न भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

दुलालले सभामुख डोलप्रसाद अर्याललाई पनि सबै दलका शीर्ष नेतासँग छलफल गरी संसद् चलाउन पनि आग्रह गरे।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले भारतसँगको सीमा विवादलाई नयाँ रूपमा उजागर गरेको छ। विपक्षीहरूले सरकारले सदनलाई प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। तर यो विषयमा सत्तापक्षबाट ठोस र औपचारिक जवाफ संसद्मा आइसकेको छैन।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ३ : २९ बजे

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल