मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो « Khabarhub

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ  । 

बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो  । 

‘मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ’, प्रमुख शाहीले भने । मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ । 

त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी  ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए । यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : २७ बजे

तीन दशकमा दोहोरियो आईजीपी हटाउने इतिहास : के भएको थियो ०५३ सालमा ?

काठमाडौँ – नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको

‘अबको ३० वर्षपछि सगरमाथामा हिउँ नै नदेखिने हो कि ?’

मैले सन् २००८ र सन् २०१८ मा खिचेका सगरमाथा क्षेत्रका

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ – सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको

बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु

नारायणगढ– बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको

अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च

वासिङ्टन- अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र