तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात
नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात हुँदा अधिकांश हिस्सा भारतमा गएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको छ । यसबाट २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ ।

निर्यात हुने जुसमध्ये सबैभन्दा ठूलो हिस्सा विभिन्न फलफूलको मिश्रणबाट तयार गरिएको मिक्स जुसको छ । समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ ।
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो
ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी
विपद प्रभावितलाई करिब १७ लाख रुपैयाँ राहत वितरण
म्याग्दी, पर्वत र बागलुङमा विपद परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब १७ लाख राहत सहयोग गरिएको छ ।
पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।

म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिए ।
मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए
वैतेश्वरका ७ सडकमा एकैपटक ठेक्का, ८ करोड २० लाख बजेट














प्रतिक्रिया