आजका समाचार : फिर्ता हुने भयो सामाजिक सञ्जाल विधेयक, कांग्रेसले तोक्यो देशभर चुनावी कमाण्डर, बालेन्द्र फेरि प्रदेशकै पक्षमा र अमेरिका-भारत व्यापार सम्झौता « Khabarhub

आजका समाचार : फिर्ता हुने भयो सामाजिक सञ्जाल विधेयक, कांग्रेसले तोक्यो देशभर चुनावी कमाण्डर, बालेन्द्र फेरि प्रदेशकै पक्षमा र अमेरिका-भारत व्यापार सम्झौता


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै बैठकले निर्माणाधीन संसद् भवन परिसरमा जेन-जी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको उनले बताए ।

यसअघि माघ ८ गते प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई संसद् भवन निर्माण सम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी छन् ।

‘नयाँ दल एजेन्डाविहीन छन्, ‘पब्लिक फेस’ गर्न सकेका छैनन्’

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति

वर्षमानसँग मतदाताले राखे यस्ता माग 

विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ।

गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न भएकै समय कांग्रेसको चुनावी कमाण्डर तोकिएका उनले मंगलबार प्रदेशगत हिसाबमा सबै जिल्लाको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

कांग्रेसबाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका कमान्डर उनले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठनको निर्णय गरेर जिम्मेवारी तोकेका हुन् ।

यसअघि सभापति गगन थापा नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको थियो ।

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन

सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेन : नेता सिटौला

सिचाङका सभामुखसँग महावाणिज्यदूतको भेट

स्वच्छ र भयरहित मतदान सुनिश्चित गर्न मानव अधिकारले अनुगमन गर्ने 

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

उम्मेदवारलाई मतदाताको माग- आश्वासन होइन, विकास चाहिएको छ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरू मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।

मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन् । निर्वाचनका क्रममा आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहोर्‍याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगरले बताए ।

‘धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ’, उनले भने, ‘देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।’

दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेसमक्ष तुलसीपुर उपमहानगरपालिका–१८ का मतदाता खिमा घर्तीले निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता रहेको सुनाए ।

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

पासवर्ड राखेर बालेन्द्रले मात्रै चढ्ने महानगरको लिफ्ट सबैका लागि खुल्यो

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ ।

यस सम्झौताले राष्ट्रका निर्यात वस्तुहरूमा कर कटौती गर्ने प्रतिज्ञासँगै महिनौँदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । यद्यपि विश्लेषकहरूले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन् ।

ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा रुसी तेल खरिद बन्द गर्ने वाचा गरेपछि यो सम्झौता सम्भव भएको बताएका छन् । उनले गत वर्ष लागू गरिएको २५ प्रतिशत कर घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका हुन् ।

साथै नयाँदिल्लीले अमेरिकी ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य वस्तुहरू पाँच खर्ब डलरभन्दा बढी मूल्यका खरिद गर्न सहमत भएको पनि उनले बताएका छन् । भारतको रुसी तेल खरिदमा लगाइएको अतिरिक्त २५ प्रतिशत शुल्क हटाइएको ह्वाइट हाउसका एक अधिकारीले बताए ।

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

संयुक्त राष्ट्रसङ्घद्वारा राफाह सीमा नाका पुन : खोल्ने निर्णयको स्वागत

किएभमाथि पुनः रुसी आक्रमण

अनुदान कटौतीपछि ट्रम्पले मागे हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्ति

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने























प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ७ : ५७ बजे

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु

म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो

म्याग्दी – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १००

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं – बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु