१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स « Khabarhub

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान राेयल्सको स्वामित्वमा ठूलो परिवर्तन भएको छ । विश्वकै शीर्ष स्टील उद्योगपति लक्ष्मी निवास मित्तल र उनका छोरा आदित्य मित्तलले यस टोलीको ठूलो हिस्सेदारी खरिद गरेका छन् । यस लगानीमा सीरम इन्स्टिच्युट अफ इन्डियाका मालिक अदार पूनावाला पनि साझेदार बनेका छन् ।

यस सम्झौताको कुल मूल्य करिब १.६५ अर्ब अमेरिकी डलर (झण्डै १५,६६० करोड रुपैयाँ) रहेको बताइएको छ । यो इन्डियन प्रिमियर लिगको इतिहासकै सबैभन्दा ठूलो सम्झाैतामध्ये दोस्रो मानिएको छ।

सम्झाैता पूरा भएपछि स्वामित्व संरचना यसरी रहनेछ:

• मित्तल परिवार (लक्ष्मी निवास मित्तल र आदित्य मित्तल) – करिब ७५ प्रतिशत हिस्सा
• अदार पूनावाला – करिब १८ प्रतिशत हिस्सा
• मनोज बडाले र अन्य पुराना लगानीकर्ता – करिब ७ प्रतिशत हिस्सा

यस सम्झाैतामा राजस्थान राेयल्ससँग जोडिएका अन्य फ्रेन्चाइजहरू पनि समावेश छन्, जसमा दक्षिण अफ्रिकाको पार्ल राेयल्स र क्यारिबियन प्रिमियर लिगको बार्बाडोस राेयल्स पनि रहेका छन् । यसले राजस्थान राेयल्सलाई केवल आईपीएल टोली मात्र नभई एक अन्तर्राष्ट्रिय क्रिकेट ब्रान्डका रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ।

नयाँ व्यवस्थापन बोर्डमा लक्ष्मी एन. मित्तल, आदित्य मित्तल, वनिशा मित्तल-भाटिया, अदार पूनावाला र मनोज बडाले रहनेछन् । मनोज बडालेले आफ्नो अनुभव प्रयोग गर्दै पुरानो र नयाँ व्यवस्थापनबीच सन्तुलन कायम गर्नेछन् ।

निवास मित्तलले क्रिकेटप्रति आफ्नो बाल्यकालदेखिको गहिरो लगाव रहेको बताउँदै राजस्थान रॉयल्ससँग जोडिन पाउनु गर्वको विषय भएको बताएका छन् । उनले टोलीको विरासतलाई अझ मजबुत बनाउँदै विश्वभरका फ्यानसँग सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजस्थान रॉयल्सले सन् २००८ मा शेन वार्नको कप्तानीमा पहिलो इन्डियन प्रिमियर लिग उपाधि जितेको थियो । त्यसपछि टोली केवल एक पटक २०२२ मा फाइनल पुगेको थियो, जहाँ गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

यसअघि सन् २०१५ मा स्पट-फिक्सिङ विवादका कारण राजस्थान राेयल्सलाई दुई सिजनका लागि प्रतिबन्ध लगाइएको थियो । सन् २०१८ मा टोली पुनः आईपीएलमा फर्किएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ९ : १८ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित