ग्यास अभाव हटाउन सरकारले अब प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गर्ने
पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत् छलफल भएको छ ।
सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।

छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो ।
व्यवसायीहरूले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताए ।
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर
धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन
गभर्नरको अनुपस्थितिमा अर्थमन्त्रीले बैंकरलाई भने- मन्त्रालय, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको समन्वयलाई प्रभावकारी कसरी बनाउन सकिन्छ ?
मंगलबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका छन् । तर, बैंककै मुख्य नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलको अनुपस्थितिमा भएको उक्त छलफलमा भने उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल गरे ।

‘बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ’, उनले सिईओहरूसँग प्रश्न गरे ।
उनले बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको भन्दै आफूहरूको ध्यान कार्यान्वयनमा भएको बताउँदै बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सुझाव सुन्न आएको बताए ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने












प्रतिक्रिया